कुटनीति समाचार

टोर्नेडोपीडितलाई चीनले गर्‍यो ५५ लाख सहयोग

काठमाडौं–चीनले गत १७ चैतमा बारा र पर्सामा आएको टोर्नेडोबाट प्रभावित भएकाहरुको जिविकोपार्जनका लागि ५५ लाख रुपैयाँ सहयोग गरेको छ।

Dish Home

चिनियाँ राजदूत होउ याङ्छीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट ५५ लाख रुपैयाँ प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेकी हुन्।

‘नेपाल र चीन एकाापसका हितैषी मित्र हुन्। एक सच्चा मित्रलाई दुःख पर्दा अर्कोलाई दुख्छ’, राजदूत होउले प्रधानमन्त्री ओलीलाई भनिन्, ‘नेपालीको भावनामा हामी चिनियाँहरू सँगै छौं। मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दछौं। समस्यामा परेकालाई सहयोग रहनेछ।’

दूतावास अधिकारीका अनुसार तत्काल राहतका साथै पुनर्निर्माणमा पनि चीनले सहयोग गर्ने विषयमा राजदूतले प्रधानमन्त्रीसँग छलफल चलाइन्। राजदूतले प्रधानमन्त्री निवास पुगेर मृतकप्रति समवेदना र समस्यामा परेकालाई सहानुभूति व्यक्त गर्दै दुःखमा चीन सँगै रहने बताएकी हुन्।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top