राष्ट्रपति भण्डारी सियानमा, भाेलि बीआरआईमा सहभागी हुने

राष्ट्रपति भण्डारी सियानमा, भाेलि बीआरआईमा सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरेन्द्रबहादुर नेपाली
चीन– राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममासान्सी प्रान्तको राजधानी सियानमा आइपुगेकी छिन्।

उनलाई सियानयाङ अन्तराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गरे।

राष्ट्रपति भण्डारी बिहीबारदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुनेछिन् । साथै उनले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि छन्। रासस