नेपाल–चीन उद्योग वाणिज्य संघमा तुलाधर

नेपाल–चीन उद्योग वाणिज्य संघमा तुलाधर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाल–चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन्। संघको यहाँ सम्पन्न २०औँ वार्षिक साधारणसभाले तुलाधारलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभूषण चाकुवाजी, महासचिव विवेक पौडेल र कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ रहेका छन् । कार्यसमिति सदस्यमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्रलाल प्रधान, हुवाङ एर टोङ, लीमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रवीन श्रेष्ठ, राजेन्द्रमान शेरचन, विक्रम पाण्डे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमितकुमार अग्रवाल तथा ज्ञानेन्द्ररत्न तुलाधर निर्वाचित हुनुभएको सङ्घका महासचिव विवेक पौडेलले जानकारी दिए।

नेपाल तथा चीनबीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवद्र्धनका लागि सन् १९९९ मा संघको स्थापना भएको हो।