संविधान दिवसमा चिनियाँ राष्ट्रपतिले दिए शुभकामना

संविधान दिवसमा चिनियाँ राष्ट्रपतिले दिए शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपालकाे संविधान जारी भएकाे शुक्रबार ४ वर्ष पूग्याे। साे अवसरमा मुलुकभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएकाे छ। यही अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङले संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना दिएका छन्।

छुट्टाछुट्टै  शुभकामना सन्देश पठाउँदै  उनीहरूले नेपालको शान्ति,स्थिरता र सम्बृद्धिको बाटोका लागि शुभकामना दिए।

सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई  पठाएको सन्देशमा नेपाली चीनबीच सघन तथा वृहत सहकार्य अघि बढाउन इच्छुक रहेको उल्लेख छ, भने खस्याङले नेपाली समकक्षी केपी शर्मा ओलीलाई पठाएकाे सन्देशमा सम्बृद्धि र विकासका लागि चीन सहयोगी हुन तयार रहेको दोहोर्‍याएका छन् ।