नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुँदै, चिनियाँ सहयोगबारे छलफल

नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुँदै, चिनियाँ सहयोगबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभरी नै महामारकिो रुप लिइरहेको नोबेल कोरोना भाइरसको संक्रमणबारे आपसी छलफल गर्न आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ ।

दुवै देशका मन्त्रीहरु सम्मिलित उक्त कन्फरेन्सले कोरोना भाइरसको जोखिम न्युनिकरणमा अनुभव आदान प्रदान गर्न नेपाल लगायतका देशहरुसँग शुक्रबार भिडियो कन्फरेन्स गर्ने भएको हो ।

चीनको परराष्ट्र मन्त्रालयले आयोजना गर्ने भिडियो कन्फरेन्समा दक्षिण एशियाली देशका स्वास्थ्यसँग सम्बन्धित प्रतिनिधि सहभागी हुनेछन् ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ लगयतका पदाधिकारी सहभागी हुनेछन् ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट हुने उक्त कन्फरेन्समा नेपालले चीनसँग कोरोना नियन्त्रण तथा रोकथामका लागि चीनको अनुभव तथा आवश्यक सहयोगका बारेमा कुराकानी गर्नेछ । चीनले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट जोगिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ संक्रमणलाई चिनियाँ सरकारले लगभग नियन्त्रण गरेको जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार ट्वीटमार्फत् वुहानसहित पूरा मुलुकमा कोरोना संक्रमण शून्य रहेको जानकारी दिएकी छन्  ।

चीनले इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरेको छ । अहिले नेपालमा भने कोरोना संक्रमित छैनन् । यसअघि चीनले कोरोना नियन्त्रणका लागि सहयोग गर्न तयार रहेको जनाएको थियो ।