चीनले नेपाललाई दियो २ हजार किट

चीनले नेपाललाई दियो २ हजार किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव भइरहेका बेला चीनले नेपाललाई ३० हजार अमेरिकी डलरबराबरको किट सहयोग गरेको छ ।

चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको हो ।

कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले बेइजिङस्थित नेपाली राजदूतावासलाई बुधबार किट निःशुल्क हस्तान्तरण गरेका हुन् ।

चीनका लागि कार्यवाहक नेपाली राजदूत सुशील लम्सालका अनुसार बेइजिङबाट ती किट भोलि (बिहीबार) नै तिब्बतको ल्हासा पु‍र्याइनेछ र त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै नेपाल पठाइनेछ ।

कोराना परीक्षण गर्ने स्वास्थ्य सामग्री नभएका बेला बेइजिङस्थित दूतावासले आफ्नो तर्फबाट पहल गरेर किट सहयोग प्राप्त गरेको हो ।