काठमाण्डु– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका छन्। बेइजिङमा उनले समकक्षीसहित ३ जना उच्चस्तरीय चिनियाँ नेताहरूसँग द्विपक्षीय भेटघाट गरेका हुन् ।
द्विपक्षीय वार्ताका क्रममा २ देशका हितका विषयमा कुराकानि भएका छन् । विद्युत विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान प्रविधि, खेलकुदमा लगानी जस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।
यस्तै, नेपाल–चीनबीच निम्न ९ वटा महत्वपुर्ण विषयमा सहमति र समझदारी भएका छन् ।
-टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान गर्ने
-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र साटासाट
-९ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
-प्रशोधित भैंसीको मासु निर्यात सम्बन्धी प्रोटोकल
-विकास योजना सम्बन्धी समझदारी पत्र आदानप्रदान
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र आदानप्रदान
-नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
-स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
-नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्रपत्र आदानप्रदान ।




प्रतिक्रिया