नेपाल–चीन पारवहन सम्झौता: मस्यौदालाई अन्तिम रूप दिन काठमाडाैंमा बैठक

नेपाल–चीन पारवहन सम्झौता: मस्यौदालाई अन्तिम रूप दिन काठमाडाैंमा बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन यही साउन १४ र १५ गते राजधानीमा तेस्रो परामर्श बैठक हुने भएको छ ।

सम्झौताको मस्यौदालाई निष्कर्षमा टुङ्ग्याउन तेस्रो परामर्श बैठकका लागि यही साउन १४ र १५ गतेको मिति चीनसमक्ष प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असार २६ र २७ मा चीनको राजधानी बेइजिङमा सम्पन्न तेस्रो परामर्श बैठकमा अर्को बैठक यही जुलाइभित्र काठमाडौँमा गर्ने द्विपक्षीय सहमति भएको थियो ।

मस्यौदालाई निष्कर्षमा पु¥याउन दुवै पक्षबीच सघन संवाद जारी रहेको र त्यो सकारात्मक दिशामा उन्मुख भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बताउँछन।

वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयको जिम्मेवारी सम्हाल्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा हुने तेस्रो परामर्श बैठकमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

चीनबाट विदेश, यातायात, सार्वजनिक सुरक्षा मन्त्रालयका साथै राष्ट्रिय रेल तथा सामान्य प्रशासन विभागका वरिष्ठ कर्मचारीले बैठकमा भाग लिने छन् । रासस