प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीकाे भेट, सम्झाैता कार्यान्वयन गर्न चीन अातुर


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपमन्त्री वाङ वाजुनले अाइतबार भेटघाट गरेका छन्।

भेटका क्रममा प्रधानमनत्ती ओलीले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताए। ‘हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिँदैनौ,’  प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र ट्रान्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताए। ‘सन् २०१६को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पुर्याउदैछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी भूपरिवेष्टित देश भएकोले यो सन्धी मार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिए। ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीति भ्रमण हुनु पनि आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न अतुर छौं।’

उपमन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताए।

गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यान्यवन  गर्न चीन आतुर रहेको बताए । ‘सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्दछ,’ वाङले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement