काठमाडौं – चीनले नेपाललाई रसुवागढी नाका नखोल्ने बताएको छ । चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सार खोल्न उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले चीनलाई पत्राचार गरेको थियो ।
सिन्धुपाल्चोकस्थित तातोपानी नाका बुधबार साँझदेखि खुले पनि रसुवा नाका भने अझै केही समय नखुल्ने भएको हो । नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर रसुवा नाका खोल्न नसकिने लिखित जानकारी गराएको हो ।
दुई वटा नाका मध्ये हाललाई तातोपानी नाका खोल्न सकिने तर रसुवा नाका खोल्न नसकिने जानकारी चीनले गराएको हो । नेपालले पत्राचार गरेको ९ दिनपछि परराष्ट्रलाई जवाफ पठाउँदै चीनले तत्कालका लागि तातोपानी नाका मात्रै खोल्न सकिने जनाएको छ ।




प्रतिक्रिया