सरकारले भन्योः हुम्लामा चीनले सिमा मिचेको छैन

सरकारले भन्योः हुम्लामा चीनले सिमा मिचेको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ । सरकारले चीनले हुम्लाको लिमी उपत्यकामा भूमि अतिक्रमण नगरेको प्रष्ट पारेको हो ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले २०७३ सालमा बनेको अन्तर मन्त्रालय छानबिन समिति गठन गरेर स्थलगत अध्ययन गरेको बताए । उक्त टोलीले चीनले आफ्नै भूभागमा भवन निर्माण गरेको प्रतिवेदन बुझाएको बताए ।

‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ’, उनले भने, ‘त्यसकारण नेपाल र चीनबीच सीमाको समस्या छैन् ।’