काठमाडौं–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययनका लागि लाग्ने खर्च चीनले नै व्यहोर्ने


काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि लाग्ने १ अर्ब ७० करोड खर्च चीनले नै बेहोर्ने भएको छ ।

चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको क्रममा भएको सहमति अनुसार नै केरुङ काठमाडौं रेलमार्ग निर्माणका लागि केही समयभित्रै सम्भाव्यता अध्ययन शुरु गरिने तयारी समेत भएको रेल विभागले जनाएको छ ।

पूर्व सम्भाव्यता अध्ययन गरेको कम्पनीले नै सम्भाव्यता अध्ययनको काम शुरु गर्ने तयारी छ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौं रेलमार्गंको पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । चिनियाँ कम्पनीले नै सम्भाव्यता अध्ययन गर्ने छ ।

चीनले हाल सिगात्सेबाट मानसरोवर जाने रेलमार्ग निर्माण गरिरहेको छ । ताइकु तालको नजिबाट नेपाल आउने रेल निर्माण हुनेछ । ताइकुतालबाट रसुवागढीसम्मको दुरी १०० किलोमिटर रहेको छ । यस्तै रसुवागढीबाट काठमाडौंसम्म ७२ किलोमिटर लामो रेलमार्ग हुनेछ भने काठमाडौंको टोखादेखि नुवाकोटको छहरे र रसुवाको बेत्रावतीदेखि स्याफ्रुवेशीसम्म सुरूङ निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement