नेपाल चीनबीच ६४ वर्षको सम्बन्ध : यस्ता छन् केही रोचक तस्विरहरु

नेपाल चीनबीच ६४ वर्षको सम्बन्ध : यस्ता छन् केही रोचक तस्विरहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०१९ को अप्रिल २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो। भेटवार्तामा राष्ट्राध्यक्ष सीले चीन र नेपालबीच हजारौं वर्ष अघिदेखिको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास रहेको र दुवै देशका जनताबीचको मित्रता गहन रहेको बताउनुभएको थियो।

उहाँले चीनले दुवै देशबीचको सम्बन्धमा उच्च ध्यान दिएको बताउँदै नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई समर्थन गरेको पनि बताउनुभयो। फिङले  दीर्घकालदेखि नै चीनको मुख्य हित तथा महत्वपूर्ण समस्याबारे नेपालद्वारा दिइएको समर्थनका लागि सराहना व्यक्त गर्नुभयो। साथै नेपालको “एक पेटी एक मार्ग”मा सकारात्मक सहभागिताका लागि चीनले सराहना गरेको पनि उहाँले व्यक्त गर्नुभयो।

सन् २०१९ मा सी चिनफिङ र राष्ट्रपति भण्डारीबीच भेट-वार्ता

सन् १९५५ को अगष्ट एक तारिख चीन र नेपालबीचमा दौत्य सम्बन्ध स्थापना भएको ६४ वर्षदेखि दुवै मुलुकबीचको उच्चस्तरीय आदान-प्रदान कायम रहेको छ। हामी दुई देशबीचको उच्च-स्तरीय आदानप्रदानका रोचक फोटोहरु हेरौं।

सन् २०१८ मा सी चिनफिङ र प्रधानमन्त्री ओलीबीच भेट-वार्ता

सन् २०१७ मा सी चिनफिङ र पूर्वप्रधानमन्त्री प्रचण्डबीच भेट-वार्ता

सन् १९७८ मा तङ स्याउ फिङद्वारा नेपालको भ्रमण

सन् १९६० मा चौ एनलाइ र तत्कालीन प्रधानमन्त्री वी.पी. कोइरालाद्वारा चीन-नेपाल शान्ति मैत्री सन्धिमा हस्ताक्षर

सन् १९६१ मा माउ च तोङ र नेपालका तत्कालीन श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहबीच चीनमा भएको भेट-वार्ता

६० भन्दा धेरै वर्षदेखि अन्तर्राष्ट्रिय परिस्थितिमा धेरै परिवर्तन आएको छ। तापनि दुई मुलुकबीचको सम्बन्ध स्थिर र स्वस्थ रुपमा विकसित हुँदै आएको छ। दुई देशबीचको सहयोगमा अझै विस्तार हुँदै आएको छ। चीन र नेपालबीचको मैत्री सम्बन्ध अमर रहोस्।

साभारः चाइना मिडिया ग्रुप, नेपाली सेवा, बेइजिङ