नेपाल–चीनबीच रेल्वे विस्तारका लागि यातायात सम्पर्कको भूमिका महत्वपूर्ण : देवेन्द्र कार्की


काठमाडौं – भौतिक तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले नेपाल र चीनबीच यातायात सम्पर्कको विस्तारका लागि रेल्वेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल–चीन रेल्वे सहयोग सम्बन्धी आज बेइजिङमा सम्पन्न चौथो द्धिपक्षीय बैठकमा बोल्दै उनले नेपालमा रेल्वे क्षेत्रको विकासका लागि चीनले प्रदान गर्दै आइरहेको सहयोगप्रति आभार प्रकट गरे ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका राष्ट्रिय रेल प्रशासनको उपप्रशासक आन तुशाङले नेपालमा रेल्वे विकासका लागि दुईपक्षीय सहयोग अन्र्तगत भइरहेको कार्यको प्रगतीप्रति सन्तुष्टि व्यक्त गरे ।

उक्त बैठकमा दुबै पक्षबीच नेपालमा रेल्वे क्षेत्रको विकासका लागि प्राविधिक ज्ञानको विकास एवम् मानव श्रोतको क्षमता अभिवृद्धि, रेल्वे इन्जिनियङि सम्बन्धी अध्ययन र तालिमको व्यवस्था, क्रस बोर्डर रेल्वेको सम्भाव्यता अध्ययन एवम् रेल्वे सहयोग सम्बन्धी आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

भ्रमणका अवसरमा नेपाली प्रतितिनधिमण्डलले १९ जुनमा चीनको छिड्दाओस्थित CRRC SIFANG COअवलोकन गरि रेल्वे प्रविधिका क्षेत्रमा सो कम्पनीले गरिरहेको अनुसन्धानका बारेमा जानकारी लिएको थियो । नेपाल चीन रेल्वे सहयोग सम्बन्त्री पाँर्चौ द्धिपक्षी बैठक भने काठमाडौंमा आयोजना हुनेछ । सो बैठकको मिति आपसी परामर्शमा तय गरिने नेपाली दुतावासले जनाएको छ ।

१७ जुनमा चीन पुगेको नेपाली प्रतिनिधिमण्डल आगामी २२ जुनमा नोपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement