प्रधानमन्त्री आउंदा कार्यक्रम बहिस्कार गर्ने मुख्यमन्त्री भट्ट माधव आउंदा स्वागत गर्न एयरपोर्ट पुगे

प्रधानमन्त्री आउंदा कार्यक्रम बहिस्कार गर्ने मुख्यमन्त्री भट्ट माधव आउंदा स्वागत गर्न एयरपोर्ट पुगे


धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा उपस्थित नभएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वागतमा भने उपस्थित भएका छन् । संसद विघटनपछि पहिलो पटक सुदुरपश्चिमको धनगढी पुगेका प्रधानमन्त्री ओलीको स्वागतमा मुख्यमन्त्री भट्ट अनुपस्थित भएका थिए । त्यतिमात्र होईन उनले प्रधानमन्त्रीसंग भेट्न समेत अस्विकार गरेका थिए ।

तर, नेकपामा आफ्ना पक्षका अध्यक्ष नेपालको स्वागत गर्न भने उनि धनगढी स्थित विमानस्थल पुगेका थिए । नेता नेपाल शुक्रवार धनगढी पुगीसकेका छन् । शनिवार धनगढीमा नेकपाको विरोधसभा आयोजना गरिएको छ ।

मुख्यमन्त्री भटट्संगै सुदुरपश्चिम प्रदेश सरकारका अधिकांश मन्त्री नेपालको स्वागतमा विमानस्थल पुगेका थिए । नेकपाका सुदुरपश्चिम प्रदेश इन्चार्ज भिम रावल पनि नेपाललाई स्वागत गर्न विमानस्थल पुगेका थिए । रावल धनगढी आउंदा समेत प्रदेश सरकारका अधिकांश मन्त्री विमानस्थल पुग्ने गरेका छन् ।

यसअघि धनगढी पुगेका प्रधानमन्त्री ओलीको स्वागतमा मुख्यमन्त्री भट्ट अनुपस्थित भएपछि उनको आलोचना भएको थियो । भट्ट नेकपाको विभाजनपछि प्रचण्ड माधव समुहमा लागेका हुन् ।