नेपाल कमर्स क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघको तालाबन्दी

नेपाल कमर्स क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघको तालाबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले आज नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

इकाईका अध्यक्ष सरोज तिमल्सिनाले जारी गरेको बिज्ञप्तिमा त्रिभुवन बिश्व विद्यालयले लिन बाकी परिक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यलयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाइको लागि दबाब दिन आफुहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उल्लेख गरिएको छ ।

संघका अध्यक्ष सरोज तिमल्सिना नेबि संघका नेताहरू अन्शुल केसि,सागर चौधरी,राजेस राज मगर,रोशन श्रेष्ठ,रेक्सन श्रेष्ठ,रवि रोकाय, गणेश टन्डन क्याम्पस प्रमुख कार्यकक्षमा पुगेर तालाबन्दी गरेका थिए ।

उपकुलपति र प्रहरीका केही अधिकारीहरुको मिलेमतोमा गिरफ्तार गरेकाहरुलाई झुठो मुद्दा लगाउन खोजिएको भन्दै यदि त्यस्तो गरे नेपाल विद्यार्थी संघले देशभरबाट आन्दोलनको आधिभेरी सिर्जना गरे पनि जनाएको छ ।