नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ, प्रमुख सचेतकमा गुरुङ


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई चयन भएका छन्।

नेकपा संसदीय दलको बुधबारको बैठकले सो निर्णय गरेको हो।

यसैगरी संसदीय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङ चयन भएका छन्। यसैगरी सचेतकमा शान्ता चौधरी चयन भएकी छन्।

राष्ट्रियसभामा नेकपाको प्रतिनिधिको रुपमा दिनानाथ शर्मालाई बैठकले सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement