काठमाडौं– एमाले र माओवादी केन्द्र एकीकृत भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो दलको नाम मुनी राखेको ‘अन्डरलाइन’ हटाएको छ।
नेपाल कम्युनिस्ट पार्टीले अब दलको नाम ‘नेपाल कम्युनिस्ट पार्टी कोस्टक अर्थात (नेकपा) राख्ने प्रस्ताव निर्वाचन आयोग समक्ष गरेको छ। यसरी परिवर्तित नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ हुनेछ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नाम परिवर्तनसहितको प्रस्ताव आए पनि त्यस विषयमा आयोगले निर्णय लिन बाँकी रहेको बताए ।




प्रतिक्रिया