नेपालको संविधान विश्वकै उत्कृष्ट र सफल संविधान हो : खनाल


इलाम – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताएका छन् । पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्याक्रममा उनले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधान अनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको बताएका हुन् ।

“दश वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ट र सफल संविधान हो”, उनले भने, “देशले अब संविधान कार्यान्वयनको चरण पार गर्दैछ ।” स्थायी सरकार भएकाले दिगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य रहेको उनले दावी समेत गरे । स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उनले तालमेलबिना विकास हुन नसक्ने धारणा राखे ।

कुनै क्षेत्र र जिल्लाको मात्र विकास भएर सिंगो देशको विकास हुन नसक्ने बताउँदै उनले सबै ठाउँको समानुपातिक विकास हुनुपर्नेमा जोड दिए । राम्रो काम गर्ने स्थानीय तहको र प्रदेशको अनुशरण गर्न सक्नुपर्ने उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement