थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको मृत्यु

थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपालमा पछिल्लो २४ घण्टामा  थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४००५ जना जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।