काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेका छन् । त्यस्तै काेराेना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ।
योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।पछिल्लो २४ घण्टामा २५०३ जना डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७० हजार ६ सय ३२ जना छन्।




प्रतिक्रिया