शनिबार थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि,२८४६ जना डिस्चार्ज

शनिबार थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि,२८४६ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा  थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको जानकारी दिए ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ । त्यस्तै २४ घण्टामा २८४६ जना कोरोना संक्रमणबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ८ हजार ३३४ संख्या पुगेको छ ।