नेपालमा कोरोना निको हुनेको संख्या १ लाख १८ हजार नाघ्यो

नेपालमा कोरोना निको हुनेको संख्या १ लाख १८ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपालमा कोरोना निको हुनेको संख्या १ लाख १८ हजार ८४३ जना नाघेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।