काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३५ हजार ७ सय जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
होम आइसोलेसनमा रहनेहरुको संख्या ६ हजार ४ सय ३८ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय ८८ पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेहरुको संख्या ५ हजार ८ सय ६ रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय १७ पुगेको छ ।




प्रतिक्रिया