नेपालमा कोरोना भाइरस सारे १० वर्ष जेल, १ लाख जरिवाना !

नेपालमा कोरोना भाइरस सारे १० वर्ष जेल, १ लाख जरिवाना !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोराना भाइरस नेपालमा पनि फैलिन सुरु भएको छ । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बढाएर वैशाख १५ सम्म कायम राख्ने निर्णय गरेको छ ।

सरुवा रोग भएकाले मानिसहरु एकअर्काबाट केही मिटरको दूरीमा बस्ने गरेका छन् । नेपालको कानुनअनुसार यस्ता किसिमका सरुवा रोग फैलाए/सारे १० वर्ष जेल सजाय तोकिएको छ ।

कोरोना जस्ता सरुवा रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा जानीजानी अरुलाई सारेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरीवाना हुने व्यवस्था रहेको हो ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ मा कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमका संक्रामक रोग फैलाउने वा फैलन सक्ने कुनै पनि काम गर्न नहुने व्यवस्था रहेको छ ।