नेपालमा एकैदिन थपिए ३८० जना कोरोना संक्रमित, संक्रमितको संख्या ६५ सय नाघ्यो

नेपालमा एकैदिन थपिए ३८० जना कोरोना संक्रमित, संक्रमितको संख्या ६५ सय नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा थप ३८० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ । यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको संख्या १ हजार १५८ जना छन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै कोरोनाबाट १९ जनाको मृत्यु भएको छ ।