काठमाडौं – नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याेसंगै संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्।




प्रतिक्रिया