नेपालमा एकैदिनमा भेटिए ४ हजार ५२४ कोरोना संक्रमित

नेपालमा एकैदिनमा भेटिए ४ हजार ५२४ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको हाे । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार १९४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ ।