नेपालमा डेल्टा भेरियन्टको नयाँ ‘म्युटेन्ट’ भेटियो

नेपालमा डेल्टा भेरियन्टको नयाँ ‘म्युटेन्ट’ भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट पुष्टि भएको छ । भारतमा परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ उत्परिवर्तित स्वरुप नयाँ म्युटेन्ट पुुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको जानकारी दिएको छ । जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि मन्त्रालयले जनाएको छ ।

नयाँ भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक रहेको भन्दै मन्त्रालयले जनस्वास्थयका मापदण्ड अपनाउन अनुरोध समेत गरेको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले यो भेरियन्ट सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएकाले तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको सामना गर्न तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।