नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने, टीम घोषणा अर्को साता

नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने, टीम घोषणा अर्को साता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालले अष्ट्रेलियाको डार्विनमा टी-२० सिरिज खेल्ने भएको छ ।

नेपालले आईसीसी पुरुष टी२० विश्वकप एसिया छनोटको तयारीको रूपमा आउँदो अगस्ट १४(२४ सम्म टप इण्ड टी(२० सिरिज खेल्ने भएको हो ।

नेपालले अस्ट्रेलियामा रहँदा कम्तीमा पनि ६ खेल खेल्नेछ। अस्ट्रेलियामा हुने तयारीले नेपालको टी-२० विश्वकप छनोटमा सहयोग पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले विश्वास लिएको छ।

सिरिजमा सहभागी हुने टोलीको नाम अर्को साता घोषणा हुने बताइएको छ।

त्यसपछि नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२०आई सिरिज खेल्नेछ ।

विश्व टी-२० क्रिकेट वरीयतामा नेपाल १८औं स्थानमा छ।