नेपालले इन्डोनेशियालाई ३७० रनले हरायो

नेपालले इन्डोनेशियालाई ३७० रनले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसीसी यू–१६ इस्ट जोन अन्तरगत नेपालले इन्डोनेशियालाई ३७० रनले हराएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेशिया २४ ओभर ३ बलमा ५० रन बनाउँदै अलआउट भयो । यो नेपालले लगातार तेस्रो जित हो ।

इन्डोनेशियाका लागि कुनै ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । नेपालका लागि विपिन शर्मा एक्लैले ६ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदे ४२० रन जोड्यो ।

नेपालका लागि प्रशिद्ध जैशीले शतक हाने भने परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक बनाए ।

जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५१ रन बनाए । यस्तै सुगम बुढाथोकीले ३४ बलमा ३९ रन जोडे ।

इन्डोनेसियाका लागि केटुक डर्माले २, रिहान रिजा, महेन्द्र अजि र केभिन निरजले समान १-१ विकेट लिए । नेपालले यसअघि सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले पराजित गरेको थियो ।