नेपालले पहिलो पटक पायो एकदिवसीय मान्यता

नेपालले पहिलो पटक पायो एकदिवसीय मान्यता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले क्रिकेट इतिहासमा ठूलो सफलता हासिल गर्दै पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको छ।

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा पिपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै गरेसँगै नेपाल एकदिवसीय मान्यता नजिक रहेकोमा अर्को प्ले अफमा नेदरल्यान्डले हङकङलाई ४४ रनले पराजित मान्यता पक्का भएको हो।

नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ४ वर्षसम्म एकदिवसीय मान्यता प्रदान गर्नेछ।

एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ ।

छनोटमा आइसिसीले सहभागि एसोसिट ६ मध्ये ४ टिमलाई सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता दिने निर्णय गरेको हो।