यू–१६ इस्ट जोन क्रिकेट : भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

यू–१६ इस्ट जोन क्रिकेट : भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ ।

नेपालले भुटानलाई २९८ रनको जित निकालेको हो ।

नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि बिपिन शर्माले ४ विकेट, सचिन भट्टले २ र सुयोग भट्टराईले २ विकेट लिए ।

भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उगेन केल्जाङले १० रन बनाए । नेपालले २२ रन अतिरिक्त रन दिएको थियो।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि सर्वाधिक रौनक श्रीवास्तवले १ सय ६८ ,जय थापा ६१, श्रीवांस बजगाई ५४ रन,सुगम बुढाथोकीले ३५ रन जोडे ।

भुटानका लागि सञ्जय दोर्जीले ३ र तेन्जिङ जाम्त्सोले १ विकेट लिए ।

यो जित सँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। प्रतियोगितामा अपराजित नेपालले ४ खेलबाट ८ अङ्क जोड्दै समूह विजेता बनेको हो।