काठमाण्डु – दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिलियर्सले नेपाल क्रिकेट टोलीको प्रशंसा गरेका छन्। भारतीय सञ्चारकर्मी शुभंकर मिश्राको पोडकास्टमा उनले नेपाल क्रिकेट टोलीको प्रशंसा गरेका हुन्।
उनले नेपाली टोली उत्कृष्ट भएको भन्दै धेरै प्रगति गरेको बताएका छन्। नेपालको टिम खतरनाक टोली भइरहेको उनले भनेका छन् । उनी भन्छन्, ‘एक अद्भुत टोली। धेरै लामो यात्रा तय गरिसकेका छन्।’
नेपालले खेलमा अझ स्थिर बन्न धेरै क्रिकेट खेल्नुपर्ने सुझाव पनि उनले दिएका छन्। भिलियर्सले नेपालको क्रिकेटप्रतिको जोश र सम्भावना उल्लेख गर्दै थप अन्तर्राष्ट्रिय अवसरले नेपाललाई थप निखारता ल्याउने विश्वास दिलाए।
उनले नेपाल प्रिमियर लिग (एनपिएल)मा व्यक्तिगत कारणले गर्दा आफू आउन नसकेको समेत जानकारी गराएका छन्।




प्रतिक्रिया