सामोआलाई १२४ रनले पराजित गर्दै नेपाल बन्याे विश्वकप छनोटको च्याम्पियन

सामोआलाई १२४ रनले पराजित गर्दै नेपाल बन्याे विश्वकप छनोटको च्याम्पियन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु आईसीसी टी-० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपालले जितेको छ ।

ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बन्याे ।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो ।सामोआका लागि सिन सोलियाले सर्वाधिक ४० रन बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १(१ विकेट लिए ।

यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो ।

नेपालका लागि आसिफ शेख ६९, दीपेन्द्रसिंह ऐरीले ५३, कुशल भुर्तेलले १७, आरिफ शेखले ९, रोहित पौडेलले २१ र लोकेश बम ३९ रनमा अविजित रहे ।

नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका छन् ।