काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।
स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमा अलआउट भयो।
नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक १४ ,रोमा थापा १४ र रुविना क्षेत्रीले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर जोड्न सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो।
नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक ४, रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक विकेट लिए।
स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्।
समुह चरणमा तीन खेलमा जित र एक खेलमा हार भोगेसँगै नेपाल ग्लोबल छनोटबाटै बाहिरिएको हो।




प्रतिक्रिया