नेपालद्धारा मलेसियाविरुद्वको पहिलो पटक टि-२० सिरीज क्लिनस्विप


काठमाडौं – नेपालले मलेसियासँगको दुई अन्तर्रा्ष्ट्रिय टी-ट्वान्टी सिरिजमा क्लिनस्वीप गरेको छ । आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराएर दुवै खेल जितेको हो। यसअघि नेपालले शनिबार भएको पहिलो टी-२० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो।
पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो भने आइतबार भएको दोस्रो खेलमा ६ रनको जित हात र्पायो ।

यो सिरिजमा नेपालले ब्याटिङ र बलिङ दुबैतर्फ सन्तुलित प्रदर्शन र्गयो । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १६७ रनमा सीमित र्गयो। अन्तिम ओभरमा मलेसियालाई जितका लागि १४ रन आवश्यक थियो भने क्रिजमा ठूला सट खेलिरहेका मोहमद सहदत थिए । तर अभिनाश बोहराले अन्तिम ओभरमा तीन डट बल फाल्दै सात रनमात्र दिएपछि नेपालले ६ रनको जित हात पारेको हो ।

मलेसियाका ओपनर विरानदीप सिंह र शइद अजिजले पहिलो विकेटका लागि ७५ रनको बलियो साझेदारी गरेपछि घरेलु टिमले दरिलो सुरुवात गरेको थियो । विरानदीप २३ रन बनाएर अभिनाश बोहराको बलमा विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट हुँदा नेपालले पहिलो सफलता हात पारेको थियो । त्यसपछि कप्तान अहमद फाइजलाई १७ रन बनाएपछि सन्दीप लामिछानेले क्याचआउट गराए । अमिनुद्धिन रामलीले ११ बलमा २४ रन बनाएर मलेसियाको

छैटौं नम्बरमा ब्याटिङमा आएका विकेटकिपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरी २५ बलमा ५१ रनको अविजित अर्धशतकीय पारी खेलेपछि नेपालले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर १७३ रनको ठूलो योगफल बनाउन सकेको हो ।

छैटौं ओभरको दोस्रो र तेस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस क्रमश: ७ र २३ रनमा आउट भएपछि नेपाल ४२–३ को कठिन स्थितिमा पुगेको थियो । यू–१९ कप्तान रोहितकुमार पौडेल र अनुभवि शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको ठोष साझेदारी गरेपछि नेपालको पारी उकासियो । रोहित २३ बलमा १९ रन बनाएर आउट भए । त्यसपछि आएका विनोद भण्डारीसँग मिलेर शरदले थप २९ रनको साझेदारी गरे । शरद २८ बलमा ४ चौका र २ छक्कासहित ४० रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस
Advertisement