कैलाली – शसस्त्र प्रहरी वल बेश क्याम्प डुडेझारी कैलालीले शुक्रबार राती करिब १२ः४५ बजेतिर भारतको दिल्लीबाट काठमाडौं जादै गरेको बसमा ठुलो मात्रामा बम बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ । दिल्लीबाट काठमाडाैं जाँदै गरेको ना ५ ख‘ ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो ।
बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद भएको बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) नेत्र केसीले जानकारी दिए । राति शंका लागेर राति बस जाँच गरिएको थियो । बसबाट बिभिन्न सामानहरु सशस्त्र प्रहरीले बरामद गरेर धनगढीमा राख्यो । त्यतिन्जेलसम्म ति सामानमा बिष्फोटक पदार्थ पनि छन् भन्ने कुरा सशस्त्र प्रहरीलाई थाहा थिएन । त्यसैले बसलाई त्यहाँबाट जान दिइयो ।
तर, शनिबार बिहानपख पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्पले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो । त्यसपछि मात्र नवलपरासी प्रहरीले बसलाई रोकेर राखेको छ ।




प्रतिक्रिया