कुटनितिक सम्बन्ध विस्तार गर्दै नेपाल

कुटनितिक सम्बन्ध विस्तार गर्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र वेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । सेन्ट क्रिस्टोफर एण्ड नेभिससंग सम्बन्ध बिस्तार भएसंगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ ।

कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त संघका लागि नेपाल र सेन्ट क्रिष्टोफर एण्ड नेभिसका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र साम टेरेन्स कण्डोरले हस्ताक्षर गरे। दुवै देशका स्थायी प्रतिनिधिले बहुपक्षीय मञ्चमा साझेदारीका साथै पर्यटन, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप व्यवस्थपनका क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

सेन्ट किट्स् एण्ड नेभिसका नामले समेत परिचित उक्त मुलुक र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेश दिइएको पनि नियोगले जनाएको छ । रासस