नेपालको प्रसंशा गर्दै इयूले भन्योः नेपालको हवाई उडानलाई कालोसूचिबाट हटाउने प्रक्रिया सुरु भइसक्यो

नेपालको प्रसंशा गर्दै इयूले भन्योः नेपालको हवाई उडानलाई कालोसूचिबाट हटाउने प्रक्रिया सुरु भइसक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युरोपेली युनियन संघ (ईयू)ले नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिवन्ध हटाउने प्रक्रिया सुरु गरिएको जानकारी  दिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै कालोसूचिबाट हटाउने प्रक्रिया सुरु भएको जानकारी दिएको हो ।

हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले गर्दा नेपालको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको विज्ञप्तिमा उल्लेख छ । यसको लागि तीन वटा मापदण्ड कार्यन्वयनमा लानुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

पहिलो चरण अन्तर्गत बेल्जियमको ब्रसेल्समा प्राविधिक कमिटिको बैठक हुनेछ । दोस्रो चरणमा युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्नेछन् । ईयूका सदस्य देशबाट हुने यो भ्रमणले नेपालले हवाई सुरक्षाको लागि ईयूका मापदण्ड पूरा गरे–नगरेको हेर्नेछन् ।

नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था र स्थलगत अनुगमन टोलीको रिपोर्टका आधारमा तेस्रो चरणमा नेपालमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ईयूको हवाई सुरक्षाका समितिमा पेस हुनेछ । युरोपेली युनियनले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दै आएको छ ।