पूर्वी क्षेत्रमा तीन दिनसम्म भारी वर्षा हुने, सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह


काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज, भोलि र पर्सी देशका मध्य तथा पूर्वी क्षेत्रका भारी वर्षा हुने संभावना रहेको जनाएको छ ।

वर्षा भइरहँदा त्यस क्षेत्रका स–साना खोलानालाहरुको बहाब बढ्ने सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रमुख तथा मझौला नदीहरु कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिमराप्ती, बबई, कर्णाली र महाकालीमा भने आगामी ३ दिनसम्म कुनै बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मंगलबार (आज) विशेषगरी मध्य र पूर्वी पहाडि तथा चुरे क्षेत्रमा वर्षा हुने र खोला नालाको बहाब बढ्न सक्ने मौसम विज्ञानको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement