अमेरिका–भेनेजुएला तनाव : संयमता अपनाउन र थप तनाव बढाउने कार्य नगर्न नेपालको आग्रह

अमेरिका–भेनेजुएला तनाव : संयमता अपनाउन र थप तनाव बढाउने कार्य नगर्न नेपालको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

नेपालले सम्बन्धित सबै पक्षहरूलाई संयमता अपनाउन र तनावलाई थप चर्काउने कुनै पनि कार्य नगर्न आह्वान गरेको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भेनेजुएलाको बोलिभेरियन गणतन्त्रमा हाल देखिएका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएको हो ।

नेपालले विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख गरिएअनुसार राज्यहरूको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गर्नु अत्यन्त आवश्यक भएको बताएको छ ।

यस्तै विवादहरू संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहाेस् विज्ञप्ति https://www.mofa.gov.np/content/1732/press-release-2026-01-07/