एशियाली खेलकुद छनोट प्रतियोगिताको फाइनल आज, उपाधिका लागि नेपाल र हङकङसँग खेल्दै

एशियाली खेलकुद छनोट प्रतियोगिताको फाइनल आज, उपाधिका लागि नेपाल र हङकङसँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि सोमबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यता दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

नेपाल र हङकङबीच अहिलेसम्म १४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन् । जसमध्ये नेपालले ७ खेल जितेको छ भने हङकङ ५ खेलमा विजयी भएको छ । दुई खेल नतिजाविहीन सकिएको छ ।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । नेपालसँगै मलेसिया, हङकङ र ओमान एशियाली खेलकुदको लागि छनोट भइसकेका छन् ।

यस्तै सोमबार नै तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।