पहिलो हाफमा नेपाल र इण्डोसियाको गोलरहित बराबरी

पहिलो हाफमा नेपाल र इण्डोसियाको गोलरहित बराबरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । ताजकिस्तानमा जारी खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्ति सम्म दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् ।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका छन् ।। यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण लाइनमा अभिषेक रिजालसँगै मनीष डाँगी र आयुष घलानले जिम्मेवारी पाएका छन् ।

नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपाली टोली

गोलरक्षक- अर्पण कार्की (कप्तान)

डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ

मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी

स्ट्राइकर- अभिषेक रिजाल