पुनर्निर्माणका लागि भारतद्वारा दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण

पुनर्निर्माणका लागि भारतद्वारा दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ—भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण गरेको छ ।

भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि ८१ करोडको चेक नेपाल सरकारलाई हस्तान्तरण भएको छ । नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणका महानिर्देशक राजीवकुमार जैन र खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक मतिना जोशी वैद्यले समझदारीपत्रमा हस्ताक्षर गरे।