भारतीय अनुदानमा हेटौडामा पोलिटेक्निक

भारतीय अनुदानमा हेटौडामा पोलिटेक्निक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ—भारत सरकारको सहयोगमा निर्माणाधीन हेटौंडास्थित नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गरेका छन्।

भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको समुपस्थितिमा परियोजनाको शुभारम्भ गरे।

व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस नेपाल–भारतमैत्री पोलिटेक्निक परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको ३८.५३ करोड भारु अनुदान सहयोगमा निर्माण भइरहेको छ ।

परियोजना ठेकदारको रुपमा ३२ एकड भन्दा बढी क्षेत्रफलमा यस पोलिटेक्निकको निर्माण गरिरहेका छन् । यस पोलिटेक्निक परियोजनाको कूल निर्माण क्षेत्रफल १९,२०० वर्ग मिटर रहनेछ ।

यस पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको जनाइएको छ। यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक मामिला मन्त्री कैलाश ढुब्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायतको उपस्थिति थियो ।