भारतीय राजदूतलाई देउवाकाे फाेन: ‘कालापानी र लिपुलेक नेपालकाे अविभाज्य भूमि हो

भारतीय राजदूतलाई देउवाकाे फाेन: ‘कालापानी र लिपुलेक नेपालकाे अविभाज्य भूमि हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ—भारतले आफ्नो देशको नक्सामा कालापानीलाई समेत समेटेपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त भूमि ‘नेपालकाे अविभाज्य रहेकाे स्मरणा गराएकाे छ।

भारतीय कदमकाे विराेधमा नेपालमा विशेषगरी सत्तारूढ र प्रतिपक्षी दलका विद्यार्थी संगठन सडकमा उत्रिनुका साथै आम नागरिकले विरोध जनाइरहेका बेला कांग्रेसले भारतलाई तथ्य स्मरण गराएको हो। देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिवसिँह पुरीसँग कालापानी र लिपुलेकका सन्दर्भमा टेलिफोन संवाद गरेका हुन् । कांग्रेस  प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उहाँ (देउवा) ले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनु भएको छ ।’

देउवाले  कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको बताइएकाे छ।

नेपालकाे परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी उक्त भूमि नेपालकाे रहेकाे बताइसकेकाे छ।