भारतले नेपाललाई दियो २८ वटा आइसीयु भेन्टिलेटर

भारतले नेपाललाई दियो २८ वटा आइसीयु भेन्टिलेटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले नेपाललाई २८ वटा आइसीयु भेन्टिलेटर प्रदान गरेको छ ।

आइतबार नेपालका लागि भारतीय राजदूत क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा आईसीयु भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

भारतीय दूतावासले महामारीले निम्त्याएको चुनौतीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरता भएको बताएको छ ।

राजदूत क्वात्राले कोरोना भाइरस महामारीविरुद्धको लडाईमा सफलता हाँसिल गर्न सरकार र नेपाली जनतासँगको भारतको अटूट साथ रहेको बताएका थिए । उनले नेपाललाई आवश्यक सहयोग गर्न भारत सँधै प्रतिबद्ध रहेको बताएका थिए ।

यसअघि भारतले नेपाललाई वैशाख १० गते प्यारा सिटामोल, हाइड्रोक्लोरोक्वीनलगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड परीक्षण किट (आरटी–पिसिआर) साउन २५ गते आईसीयू भेन्टिलेटर र भदौ ३० गते रेमडेसिभर औषधी सहयोग गरेको थियो ।