नेपाल बिमस्टेक सैन्य अभ्यासबाट बाहिरिँदा भारतको ‘चित्त दुखाइ’

नेपाल बिमस्टेक सैन्य अभ्यासबाट बाहिरिँदा भारतको ‘चित्त दुखाइ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रहरुबीच सोमबारबाट भारतको पुणेमा संयुक्त सैन्य अभ्यास शुरु भएको छ।

तर, पूर्वनिधारित अभ्यासबाट नेपाल पछि हटेर पर्यवेक्षकमात्र बनेपछि भारत असन्तुष्ट प्रकट गरेको छ।

उक्त विषयका जानकार एक व्यक्तिको हवाला दिँदै भारतीय अंग्रेजी पत्रिका द हिन्दुस्तान टाइम्सले लेखको छ, ‘नयाँ दिल्लीले काठमाडौँको निर्णय अनुपयुक्त भएको ठानेको र रद्द गर्न भनिएको ‘आन्तरिक राजनीतिको दबाब’ ‘चित्त बुझ्दो’ नभएको मानेको छ।’

साथै, ती जानकारलाई उद्धृत गर्दै समाचारमा उल्लेख भए अनुसार नेपालले शुक्रबार सैन्य अभ्यासमा सहभागी नहुने भनेर दिएको जानकारीले भारत र क्षेत्रीय समूहलाई ‘लाजमर्दो अवस्था’ मा पुर्याएको बताएको छ।

यद्यपी, सो विषयबारे भारतीय विदेश मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीहरुको टिप्पणी सार्वजनिक भइसकेको छैन।

गत शुक्रबार नेपालका प्रधानमन्त्री केपी ओलीले काठमाडौँस्थीत भारतीय राजदुत मन्जीभ सिंह पुरीलाई बोलाएर नेपाल सैन्य अभ्यासमा सहभागि हुन असमर्थ रहेको बताएको जनाइएको छ। ओलीले ‘आन्तरिक राजनीतिक दबाब’लाई रद्दको कारण बताएको उल्लेख गरिएको छ ।

नाम उल्लेख गर्न नचाहने नेपालका लागि एक पूर्व भारतीय राजदुतले भनेका छन्, ‘यसले कुनै क्षति निम्त्याउने छैन । तर कुटनीतिमा विश्वासको कमी विस्तारै निर्माण हुन्छ । केही दिनभित्र भएका घटनाहरुलाई मात्रै हेर्नुस् त। एकातर्फ नेपालले चीनसँग थप प्रोटोकलमा हस्ताक्षर गरेर चीनको बन्दरगाहहरुसम्म पहुँच पायो । अर्को तर्फ भारतमै हुन लागेको सैन्य अभ्यासमा सहभागी हुन अस्वीकार ग-यो । यो राम्रो संकेत होइन।’