नयाँ तरिकाले पुनर्लेखन हुँदै नेपाल–भारत सम्बन्ध, प्राथमिकता निर्धारणपछि उच्चस्तरीय भ्रमण

नयाँ तरिकाले पुनर्लेखन हुँदै नेपाल–भारत सम्बन्ध, प्राथमिकता निर्धारणपछि उच्चस्तरीय भ्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठनपछि कूटनीतिक सम्बन्धको पुन: संरचना हुने संकेत देखिएको छ । प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग एक्लै भेटवार्ता नगरेको र परराष्ट्रमन्त्री शिशिर खनालसहित सामूहिक भेटवार्ता गरेको घटनाले कूटनीतिक क्षेत्रमा नविन सन्देश प्रवाह भएको छ ।

दक्षिणी छिमेकी देश भारतसँगको विगतदेखि रहँदै आएको सम्बन्धमा समेत नयाँ सरकारले नयाँ तरिकाले काम सुरु गरेको छ । पुरानो कूटनीतिक सम्बन्धको पुनरावलोकन गर्दै नयाँ प्राथमिकताहरू निर्धारण गर्ने काम चलिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना सन्देश पठाएको र प्रधानमन्त्री बालेनले धन्यवाद ज्ञापन गरेको औपचारिक सम्बन्ध आदानप्रदान भइरहेका छन्, यसै सिलसिलामा दुवै प्रधानमन्त्रीबिच भ्रमणका लागि निम्ता आदानप्रदान भइसकेको छ,’ उच्च स्रोतले भने, ‘प्रधानमन्त्री स्तरको राजकीय भ्रमण अनायासै घुमफिर गरेर फर्किने कुरा मात्रै पनि होइन । द्विपक्षीय सम्बन्धका प्राथमिकता निर्धारण गरेर मात्रै थप प्रक्रिया अगाडि बढ्नेछ ।’

नेपाल–भारत सम्बन्धमा विगतदेखि नै रहेका संयुक्त संयन्त्रहरूले प्राथमिकता निर्धारणको काम गर्ने स्रोतले जनाएको छ । ‘यस्ता संयुक्त संयन्त्रबाट निर्धारण भएर आएका प्राथमिकतामाथि राजनीतिक स्तरमा थप छलफल भएर संशोधन वा अनुमोदन भएपछि मात्रै उच्चस्तरीय राजनीतिक भ्रमण हुनेछ,’ स्रोतले भन्यो । विदेश भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा नेपाल–भारत बिचमा रहेका संयुक्त संयन्त्रहरू सक्रिय बनाउनेबारे छलफल भएको जानकारी दिए ।

बालेन सरकारले भारतसँगको नियमित सम्बन्धलाई पुनर्लेखन गर्दै नेपालको हितमा अधिकतम उपयोग गर्न सकिने गरी पुखर्लेखन गरेको चाहेको स्रोतको दाबी छ । प्रधानमन्त्री शाहले देशभित्रका प्रमुख समस्या समाधान गरिसकेपछि मात्रै स्पष्ट प्राथमिकता निर्धारण गरी विदेश भ्रमणमा जाने तयारीमा छन्।